२८ फाल्गुन २०८१, बुधबार

समता स्कुल कोहलपुरले सम्पन्न गर्यो एक दिने मनोपरामर्श तालिम
  • न्युज मानसराेवर

कोहलपुर\समता स्कुल कोहलपुरले एक दिने मनोपरामर्श  तालिम सम्पन्न गरेको छ ।


गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले समता स्कुल कोहलपुरका शिक्षिकाहरुलाई एक दिने मनोपराशर्म तालिमको आयोजना गरेको हो ।
समता स्कुलले युवा दृष्टि नेपालको सहकार्यमा उक्त एक दिने मनोपरामर्श तालिमको आयोजना गरेको हो ।

तालिम पश्चात समता स्कुलका कार्यकारी निर्देशक रबि रोकायाले शिक्षण सिकाई प्रभावकारी बनाउन उक्त मनोपरामर्श तालिमकोे आयोजना गरिएको बताए।

सबै शिक्षकहरुले बालबालिकाको मनोभावलाई बुझेर शिक्षण सिकाई गर्न आवश्यक रहेको समेत रोकायाले औल्याएका थिए ।

कार्यक्रममा समता स्कुलका विद्यालय विकास समितिका अध्यक्ष निम बहादुर वलीले तालिमका सहभागि  शिक्षकहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

तालिमको सहजीकरण युवा दृष्टि नेपालका अध्यक्ष तथा मनोपरामर्शकर्ता युवराज पोख्ररेलले गरेका थिए ।

पोख्ररेल नेपाल रेडक्रस सोसाईटी कोहलपुर उप शाखाका कार्यालय प्रमुख समेत हुन।

  • १ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech