७ फाल्गुन २०८१, बुधबार

लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको नवौं बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको हो ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा प्रदेशसभा नियमावली २०७९ को नियम १२ को उपनिमय ३ बमोजिम सभामुख तुलाराम घर्तीको निर्देशनानुसार बैठक बस्न लागेको जनाए । प्रदेशसभाको आठौं बैठक माघ २३ गते बसेको थियो ।

लुम्बिनी प्रदेशसभाको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दैछन् । प्रधानमन्त्री ओलीको सम्बोधनपूर्व प्रदेशसभाको बैठक बस्न लागेको हो ।

प्रदेशसभामा सम्बोधनका लागि माघ २५ गते सभामुख घर्तीले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत निमन्त्रणा गरेका थिए । त्यही निमन्त्रणाअनुसार प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका हुन् ।आइतबारको बैठकको सम्भावित कार्यसूची आइतबार बिहान ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकबाट टुंगो लाग्ने प्रदेशसभाका सचिव पुनले बताए ।

  • ३ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech