बाँके\लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ ।
प्रदेश विकास परिषद् बैठकमा आएका सुझावहरूलाई समेटेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी आवधिक योजनाको मस्यौदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइने गरी दोस्रो आवधिक योजना पारित गर्ने निर्णय भएको योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले जानकारी दिए