कोहलपुर\ब्रिज इन्टरनेसनल स्कुल प्रा लि ले आफ्नो चौथो संस्थापक खेलकुद सप्ताह कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं.५ स्थित आफ्नै विद्यालय व्यवस्थापन खेलकुद सप्ताह कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
कार्यक्रममा कोहलपुर नगरपालिका समाजिक विकास संयोजक इश्वरी प्रसदा विक कोहलपुर नगरपालिका शिक्षा प्रमुख राम बहादुर हमाल , बागेश्वरी क्याम्पसका प्रमुख दान बहादुर हमाल , कोहलपुर नगर प्याब्सन अध्यक्ष प्याब्सन बाँकेका सल्लाहका यम बहादुर रावत , प्याब्सन कोहलपुर सल्लाहकार गोविन्द्र सुवेदी ,प्याब्सन जिल्ला उपाध्यक्ष महेन्द्र शर्मा ,दलित सेवा संघका अध्यक्ष निर्मला सुनार , कोहलपुर नगरपािलका वडा नं.५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएतले चौथो संस्थापक खेलकुद सप्ताह तथा अभिभावक दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यालयका ४ वटा समुह विच मार्च पास प्रतियोगिता गरिएको थियो। उक्त प्रतियोगितामा अन्नपूर्ण समुह विजयी भएको विद्यालय संचालन समिर घर्तिले बताए । त्यसै गरी अभिभावक विच मैत्रिपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा कुल ५ समुह विच मैत्रिपूर्ण खेलकुद आयोजना गरिएको संचालक घर्तीले बताए ।
त्यसै गरी अभिभावक विचको मैत्रीपूर्ण खुर्सी दौड , रसि तान्ने खेल, बेलुन फुटाउने खेल र घैटो फुटाउने प्रतियोगितामा समेत आयोजना गरिएको थियो । मैत्रीपूर्ण खेलहरुमा विजयीहरु पुरस्कार स्वरुप नगद १५ हजार मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम विभिन्न क्षेत्रका व्यत्तित्वहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव कुमार पौडेलको अध्यक्षतामा गरिएको थियो ।