२८ फाल्गुन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
  • न्युज मानसराेवर

बाँके\प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।

बिहान साढे ११ बजे बस्ने प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीको सम्बोधनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत् प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रण गरेका थिए । प्रदेश सभाको बैठकलाई विशेष सम्बोधनपछि ओलीले घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • ५ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech