२४ बैशाख २०८२, बुधबार

बिपन्न चिडिमार र खटिक समुदायका लागि आवास निमार्ण गर्दै नगरपालिका
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिका तथा छिमेक समाज सेवा संस्था काठमाडौं मार्फत अति बिपन्न चिडिमार र खटिक समुदायका निम्ति आवान निमार्ण गरिने भएको छ ।

बिपन्न चिडिमार र खटिक समुदायका निम्ति आवान निमार्ण गर्न आज कोहलपुर नगरपालिका  मेयर पूर्ण प्रसाद आचार्य  तथा छिमेक समाज सेवा संस्था काठमाडौंका अध्यक्ष रामचन्द्र जोशी विच उक्त संझौता गरिएको हो ।

संझौता अनुसार पहिलो र दोस्रो चरण गरी कूल संस्थाले ८५ लाख रुपैया  कोहलपुर नगरपालिकालाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

कोहलपुर नगरपालिका वडा नं.१४ र १५ वडामा करिब ३ सय ५० घर दुरी चिडिमार समुदायको बसोबास रहेको छ ।

त्यसै गरी वडा नं.१४ र १५ मा खटिक समुदायको बसोबास रहेको छ ।

कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यका अनुसार करिब २० घर निमार्ण गर्न नगरपालिकाले समन्वय गर्ने बताएका छन।

बिपन्न चिडिमार र खटिक समुदायको पैहिचान गरी आवास निमार्णका निम्ति आवश्यक प्रक्रिया शुरु गरिने मेयर आचार्य न्यूजमानसरोबरलाई जानकारी गराएका छन ।

  • ५ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech