बाँके\१३ पटकसम्म औषधी खुवाउने कार्यक्रम चलाउँदा पनि सफल हुन नसकेपछि बाँकेमा सोेमबारदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम फेरि सुरु गरिएको छ । बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेका बिरामी भेटिएकोले ती पालिकामा १४औं पटक औषधी खुवाउने अभियान सुरु गरिएको हो ।