१५ जेष्ठ २०८२, बुधबार

एमाले बाँकेकाे तेस्रो पुर्ण बैठक जारी
  • कमल डाँगी

बैजनाथ\नेकपा (एमाले) जिल्ला कमिटी बाँकेको तेस्रो पुर्ण बैठक पार्टी अध्यक्ष निरक गुरुङको अध्यक्षता र पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालको प्रमुख आथित्यतामा गाभरमा शुरु भएको छ ।

दुईदिन सम्म चल्ने बैठक बाँकेमा एमालेलाई सशक्त पार्टी बनाउने रणनीति निर्माणमा केन्द्रित छ भने ‘जरा अभियान’ अभियानलाई प्रभावकारी बनाउने लगायतका बिषयमा महत्त्वपूर्ण निर्णय गर्ने अध्यक्ष निरक गुरुङले बताउनुभयाे ।

बैठकलाई सम्बाेधन गर्नुहुँदै केन्द्रीय सचिव पदमा अर्यालले आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर रणनीति निर्माण गर्न निर्देशन दिनुभयाे ।  उहाँले पार्टीलाई प्रत्यक नागरिककाे घरदैलो पुर्याउन नेता कार्यकर्तालाई अपील गर्नुभएको छ । नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ ।

२०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गर्दै निराकरणका उपायकाे खाेजि गरि जरा अभियान मार्फत पार्टीलाई शसक्त बनाउन खाेजेकाे छ । बैठकमा जरा अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेकाे पार्टी अध्यक्ष गुरुङले बताउनुभयाे । बैठककाे पहिलो दिन खजुरा,बैजनाथ,काेहलपुर सहित बिभिन्न वडाका ईन्चार्जहरुले रिपोर्टिङ गरेका छन् । दोस्रो दिन अन्य पालिका,वडा कमिटी र बिभागहरुले रिपोर्टिङ गरेपछि निष्कर्ष सहित विभिन्न निर्णय हुने छन् ।

पार्टी केन्द्रीय सदस्य एवं बाँके ईन्चार्ज शान्ति ढकाले जरा अभियान क्रममा हुने महत्वपूर्ण काम जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको बताउनुभयाे ।‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ उहाँले भन्नुभयाे । बैठकमा पार्टी केन्द्रीय सदस्य,प्रदेश कमिटी सदस्य सहितकाे उपस्थिति रहेकाे छ ।

जरा अभियानमा एमालेले गर्ने काम – सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य), – टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने, – सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्ने, – सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने, – सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने, – वार्षिक कार्यक्रमलाई अगाडि बढाउने  त्यसै गरी  एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने जस्ता विषय समेटिएका छन।

त्यस्तै जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने, – २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,  पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,  ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।

  • ६ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech