९ फाल्गुन २०८१, शुक्रबार

मानव वन्यजन्तु द्वन्द व्यवस्थापन गर्न ६ लाख ४८ हजार हस्तान्तरण
  • न्युज मानसराेवर

कोहलपुर\मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागी इन्रुडेक बाँकेको पहलमा ६ लाख ४८ हजार कोहलपुर मध्यवर्ती क्षेत्र उपभोत्ता समीतीलाई हस्तान्तरण गरिएको छ ।

डार्विन पहल (Darwin Initiative)को आर्थिक सहयोग  तथा लन्डनको प्राणी समाज (Zoological Society of London)को प्राविधिक सहयोग इन्रुडेक कोहलपुर द्वारा सन्चालित DI-Extra परियोजना अन्तर्गत तत्काल राहत कोषका लागी उक्त रकम हस्तान्तरण गरिएको हो ।

बाँके क्षेत्र नं.१ का संघिय सांसद सुर्य ढकाल तथा इन्रुडेक संस्थाका अध्यक्ष धर्मलाल रोकायाले संयुक्त रुपमा कोहलपुर मध्यवर्ती क्षेत्र उपभोत्ता समीतीका अध्यक्ष ओम प्रकाश वलीलाई चेक हस्तान्तरण गरेका हुन।

संघिय सांसद ढकालले संसदमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागी  कानून निमार्ण कार्य शुरु गरिएको बताए । उनले सरकारले मावन बस्तिलाई क्षति नहुने गरी तथा मध्यवर्ती क्षेत्रको विकास निमार्णका लागि आवश्यक कानून निमार्ण तथा केही नेपाल ऐनलाई संशोधनका प्रक्रिया शुरु गरिएको जानकारी गराएका छन। त्यसै गरी संस्थाका अध्यक्ष धर्मलाल रोकायाले संस्थाले मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागी  बाँके ,सल्यान लगाएत जिल्लाहरुमा विभिन्न गतिविधिहरु संचालन गरिरहेको जानकारी गराएका थिए ।

  • ६ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech