१० फाल्गुन २०८१, शनिबार

बाँकेमा एमालेको जरा अभियान
  • न्युज मानसराेवर

नेकपा (एमाले) बाँकेले सङ्गठन विस्तारका लागि वडा केन्द्रित अभियान जरा अभियान सुरु गरेको छ । फागुन ६ र ७ गते बैजनाथको गाभरमा सम्पन्न दुई दिने जिल्ला कमिटीको बैठकको निर्णय अनुसार वडा हुँदै टोलसम्म जरा अभियान चलाइने एमाले बाँकेका अध्यक्ष निरक गुरुङले जानकारी गराएका छन।

बिहीबार पार्टी सङ्गठित सदस्यको नवीकरणबाट तीन महिने जरा अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत शुक्रबार ३ वटै निर्वाचन क्षेत्रीय समन्वय कमिटीको पूर्ण बैठक सम्पन्न भएका छन् ।

जरा  अभियानमा केन्द्रीय सदस्यहरू शान्ति ढकाल, सूर्य ढकाल, मो. हारुन, दिपा शर्मा, पशुपतिदयाल मिश्रा, लेखा आयोगका सदस्य विजया धिताल, अनुशासन आयोगका सदस्य देवराज भार, केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, बाबुराम गौतम, नन्दलाल रोकाय पनि खटिएको एमाले बाँकेले जनाएको छ ।

  • ९ फाल्गुन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech