बाँके\फागुन १९ गतेदेखि नेपालगन्ज रङ्गशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताका लागि रङ्गशालाको मर्मतसम्भार र सरसफाइ गरेर तयार पारिएको छ ।
प्रतियोगिताको अन्य तयारीसँगै रङ्गशालाको सरसफाइदेखि सामान्य मर्मतसम्भार र मैदानलाई तयार गर्ने कार्य पूरा गरिएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी गराएका छन।
बाँके जिल्ला फुटबल सङ्घको सहकार्यमा अन्तरालले आयोजना गर्ने लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी आठ टीमको सहभागिता हुनेछ ।