कोहलपुर\ कोहलपुर नगर प्याब्सनले आफ्नो प्याब्सन सेवा कोष स्थापना गर्ने भएको छ । आज कोहलपुरमा कोहलपुर नगर प्याब्सनको आयोजनामा विद्यालयहरुका सञ्चालकको भेलाले कोहलपुर प्याब्सन सेवा कोष स्थापना गर्ने निर्णय गरेको हो ।
भेलाले प्रत्येक विद्यालयले मासिक प्रन्ध सय (१५००) उक्त प्याब्सन सेवा कोषमा दाखिला गर्ने निर्णय समेत गरेको छ ।
कोहलपुरमा प्याब्सनमा आवद्ध कूल २८ वटा रहेका छन।त्यसै गरी उक्त प्याब्सन सेवा कोष संचालन कार्य विधि २०८१ निमार्ण तथा व्यवस्थापन गर्न ५ सदस्ययी उप समिति समेत चयन गरिएको छ ।
उक्त समितिमा प्याब्सन बाँके सल्लाहकार शिव डाँगीको संयोजकत्वमा ५ सदस्यीय उप समिति चयन गरिएको हो ।
उक्त समितिको सदस्यमा यम बहादुर रावत ,केशर बहादुर आले,अस्मिता पुन मगर , किसन गुरुङ चयन गरिएको प्याब्सन कोहलपुर सचिव मित्रलाल वलीले जानकारी गराए ।
त्यसै गरी कार्यक्रममा बोल्दै प्याब्सनका सल्लाहकार यम बहादुर रावतले मासिक रुपमा कोहलपुर क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाई कार्यक्रम गर्न शुरुवात गर्नु पर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै प्याब्सन बाँकेका उपाध्यक्ष महेन्द्र कुमार शर्माले स्थानीय माग र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै प्याब्सन कमिटी आफैमा स्वतन्त्र रहेको औल्याउदै कार्य सम्पादन गर्न सक्ने बताए ।
उनले प्याब्सन सेवा कोषले यहाँका विद्यालयहरुमा देखिएका समस्याहरु समेत समाधान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्याब्सन नगरका अध्यक्ष रमेश केसीले यहाँ भेलाबाट आएका सल्लाह सुझावलाई ग्रहण गर्दै प्याब्सन कोहलपुरले कार्यान्वय गर्ने प्रतिवद्धता जनाए ।
उनले प्याब्सन सेवा कोषमा सबै विद्यालयहरु आवद्ध हुन आवश्यक रहेको बताउदै नीतिगत रुपमा प्याब्सन सेवा कोष २०८१ कार्यविधि निमार्ण गर्न उप समितिलाई आग्रह समेत गरेका छन।