११ फाल्गुन २०८१, आईतवार

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन १७ बाट सञ्चालन हुने
  • न्युज मानसराेवर

बाँके\‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नाराका साथ कोहलपुरमा तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप  २०८१ संञ्चालन गरिने भएको छ । कोहलपुर रेसिङ सहारा क्लबले आज कोहलपुरमा पत्रकार सम्मेल गर्दै तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ संस्करण संञ्चालन गर्न लागिएको खेल संयोजक कर्ण बहादुर बस्नेतले जानकारी गराएका हुन।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय भारत र घाना गरी कूल आठ वटा समुह (टिम) विच प्रतियोगितामा प्रतिस्पर्धा गराईने बस्नेतले जानकारी गराए।प्रतियोगितामा प्रथम पुरस्कार ८लाख दोस्रो पुरस्कार ४ लाख रहेको बताइएको छ।त्यसै गरी प्रतियोगिता फागुन १७ देखी २४ गते सम्म सञ्चालन गरिने छ बस्नेतले भनेका छन।

पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरीले बाँकेको गौरवका रूपमा हेरिएको मुख्यमन्त्री गोल्डकप २०८१  लाई सफल बनाउन कोहलपुर नगरपालिकाले आर्थिक .व्यवस्थापन गरेको बताए ।उनले अन्तर्राष्ट्रिय स्तरका खेलाडिहरूको समेत सहभागिताले फुटकल खेलको स्तर बृद्वि हुने  विश्वास व्यक्त गरे ।

प्रतियोगिताको कूल लागत ९१ लाख २६ हजार अनुमानित गरिएको आर्थिक समिति संयोजक चेतकान्त भट्टराईले बताएका छन।पत्रकार सम्मेलनमा बरिष्ठ पत्रकार तथा  मुख्यमन्त्री कोहलपुर गोल्डकपका प्रेस संयोजक विष्णु वेल्लवासेले प्रतियोगिताले बाँकेको पर्यटन प्रवद्र्धन समेत विकास हुने विश्वास व्यक्त गरे । उनले आम सञ्चारकर्मीहरुलाई मुख्यमन्त्री गोल्डकप सफल बनाउन आफ्ना कलम बाट सहयोग गर्न आग्रह समेत गरेका छन।

जर्सी सार्वजनिकः कोहलपुर रेसिङ साहरा क्फबले तेस्रो मुख्यमन्त्री गोल्डकप २०८१ का लागि आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
उक्त जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा)बाँके जिल्लाको गौरब का केन्द्रीय सदस्य भोजराज शाहिले गरेका छन ।

पत्रकार सम्मेलन रेसिङ सहारा क्लबको अध्यक्ष चक्र चिमाला क्षेत्रीको अध्यक्षतामा गरिएको कार्यक्रम संचालन क्लबका सचिव नवकिरण शाहले गरेका थिए ।

  • ११ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech