बाँके\बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाँकेको एउटा सामुदायिक वनबाट पाटेबाघको उद्धार गरेको छ । वनजङ्गल क्षेत्रमा लुकेर बस्ने तथा साँझपख मानव वस्तीमा छिरेर स्थानीयले पालेका घरपालुवा जनावरमाथि आक्रमण गरी क्षति गर्न थालेपछि जिल्लाको राप्तीसोनारी गाउँपालिका –८ बालापुरस्थित एक सामुदायिक वनबाट निकुञ्जको टोलीले गएराति बाघलाई नियन्त्रणमा लिएर उद्धार गरेको हो ।