१२ फाल्गुन २०८१, सोमबार

कोहलपुरमा प्रहरीको पेट्रोल पम्प उत्घाटन
  • न्युज मानसराेवर

कोहलपुर\प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको  उद्‌घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले  उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आम नागरिकमा सेवा पुर्‍याउँदै आएको बताउदै जन्म देखी मृत्यु सम्म नागरिकहरुको साथमा प्रहरी रहदै आएको औल्याए ।

नेपाल प्रहरी तथा आम नागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ति गराउनुका साथै विशेष परिस्थितिमा समेत इन्धनको आवश्यकता पूर्ति गर्न सहज हुने विश्वास व्यक्त गरे।कुँवरले ७ वटै प्रदेशमा पेट्रोल पम्पको सेवा विस्तार गर्ने समेतबताए ।

त्यसै गरी कार्यक्रममा लुम्बिनी प्रहरी प्रमुख डि आइजी दान बहादुर कार्कीले लुम्बिनी प्रदेश मार्फतका सबै प्रहरी यूनिटले जनमुखी सेवा विस्तार गरिरहेको औल्याए । उनले स्थानीय स्तरमा समन्वय सहकार्य मार्फत प्रहरीले प्रत्येक प्रहरी यूनिटमा हिरासत व्यवस्थापन गर्ने योजना अनुसार पछिल्लो समय काम गर्दै आइरहेको बताए । काकीले प्रहरी यूनिटमा १० बुर्दे प्रतिवद्धता अनुरुप कार्य सम्पादन गर्दै आइरहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले प्रहरी प्रमुख लाई जिल्लामा स्वागत तथा कल्याण कोष मार्फत पेट्रोल पम्पको सेवा विस्तार बाट बाँके जिल्लाका आम नागरिकले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए ।

 त्यसै गरी कार्यक्रममा उपरीक्षक इंजीनियर रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । मगरले नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड २७ लाख ६४ हजार ७ सय रुपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गरिएको जानकारी समेत गराए ।

 

  • १२ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech