१२ फाल्गुन २०८१, सोमबार

जनता समाजवादी पार्टी नेपालले विस्तार गर्यो बैजनामा संगठन
  • न्युज मानसराेवर

बैजनाथ\जनात समाजवादी पार्टी नेपालले बैजनाथमा संगठन विस्तार गरेको छ । आज बैजनाथ गाउँपालिका वडा नं.४ मा  गाउँपालिका स्तरीय २१ सदस्यी कमिटी गठन  गरिएको हो ।

पालिका अध्यक्षमा हाऊराम थारू ,उपाध्यक्ष लिला डि सी ,उपाध्यक्ष राजाराम थारू,सचिव लक्ष्मी सलमानी,कोषाध्यक्ष गंगा राना मगर, सहसचिव बिमला परियार , सदस्य शान्ती अहिर , रम्भा देवी थारू ,डिल्ली शाह , रेशम राना मगर लगाएत २१ सदस्यी कार्य समिति गठन गरिएको जसपा पार्टीका जिल्ला सचिव सुर्यलाल यादवले जानकारी गराए ।

संगठन विस्तार कार्यक्रम तथा भेटघाट कार्यक्रममा बोल्दै  लुम्बिनी प्रदेश सांसद तथा बाँके क्षेत्र नं.३ का इन्चार्ज अम्बिका काफ्लेले जनतासॅंग जसपा नेपाल अभियान अन्तगर्त बाँके जिल्ला भरी संगठन विस्तारमा पार्टी केन्द्रित रहेको बताइन ।

काफ्लेले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको पार्टी जनता समाजवादी पार्टीले संविधान उल्लेख भएका अधिकार अझै जनतासँग नपुगेको औल्याउदै संविधानको पूर्ण कार्यान्वय तथा अधुरा विषयहरुलाई समेट्न दबाव दिने जनता समाजवादी पार्टी नेपालको मुख्य योजना रहेको बताइन। सरकारले गरेका  काफ्ले राम्रा कामको समर्थन गलत कार्यहरुको भण्डाफोर गर्ने समेत बताइन । त्यसै गरी काफ्लेले अब वडा स्तर सम्म कमिटी गठन अभियान शुरु गरिने समेत जानकारी गराइन।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राम कुमार यादव , लुम्बिनी प्रदेशका मुख्य सचिव राजन राम मगर लुम्बिनी प्रदेश सचिव सुशिला पौडेल जिल्ला अध्यक्ष कौशल धोवि लगाएतले धारणा राखेका थिए ।

  • १२ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech