२९ जेष्ठ २०८२, बुधबार

बालकको मृत्यु, चार घाइते
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ ।

भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी निरीक्षक हिमराज विकले जानकारी  गराए।

प्रहरीका अनुसार अनुसार, घटना घटेको विपरित दिशामा रहेको घरमा बस्ने एक परिवारले कोठा सार्नका लागि उक्त गाडीलाई बहाल दिने गरी बोलाएका थिए । उक्त गाडीका चालकले ब्याक गर्ने क्रममा घरको भित्तामा ठोक्काएका थिए ।

सुचना अधिकारी विकका अनुसार, गेट खुल्लै रहेको घरभित्र अन्धाधुन्ध पसेको गाडीले घरधनी उत्तरबहादुर सिलवाल, उहाँकी छोरी सुमन बुढाथोकीका छोरा दृश्य बुढाथोकी, छोरा सन्जय सिलवाल, नाति सन्जित सिलवाल र नातिनी सृष्टि गौतमलाई ठक्कर दिएको थियो ।

  • १३ फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech