२८ चैत्र २०८१, शुक्रबार

खजुरा गाउँपालिकामा अवैध माटो बिक्री वितरण
  • न्युज मानसराेवर

बाँके\बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ स्थित बर्गदही गाउँ नजिकै नेपाल सरकारको नाममा रहेको ऐलानी प्रति जग्गाको माटो जथाभावी निकालेर बिक्री वितरण भइरहेको छ ।

माटो निकालेर गहिरो खाल्डो बनेपछि स्थानीय बासिन्दाले संलग्नलाई कारबाही गरी तत्काल माटो निकाल्ने कार्य रोकिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको ध्यानाकर्षण गराएका छन् ।पूर्व वडाध्यक्ष अति उल्ला खाँले नेपालगन्ज–गुलरिया चार लेन सडक निर्माणको समयमा समेत माटो नझिकिएको सो स्थानमा जथाभावी माटो निकाल्दा वर्षायाममा डुबानको जोखिम बढेको बढेको छ ।

  • १४ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech