कर्णाली \सुर्खेतमा बिहीबार दिउँसो भएको फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दैलेखको दुल्लुबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा परेर घाइते भएकी सुर्खेतकी भावना लामिछानेको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते बराहताल गाउँपालिका–५ सुर्खेतकी २८ वर्षीया लामिछानेको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका कर्णालीका प्रमुख, एसपी भावेश रिमालले जानकारी दिए ।
दुर्घटनामा सोही ठाउँकी ४२ वर्षीया मनीषा लामिछाने, ३३ वर्षीया सुनिता रिजाल, दैलेखको दुल्लु नगरपालिका–२ का ४३ वर्षीया दिलु भण्डारी, २१ वर्षीया भगवती थापा, २० वर्षीय डिलबहादुर शाही र दुल्लु नगरपालिका–४ का २२ वर्षीय कमल विश्वकर्मा घाइते छन् ।