१९ फाल्गुन २०८१, सोमबार

प्रशासकीय अधिकृत नपठाएको भन्दै मेयरले बुझाए सीडीओलाई साँचो
  • न्युज मानसराेवर

महोत्तरी\महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बुझाएका छन् ।

विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कामकाज प्रभावित भएको भन्दै उनले आइतबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन् ।

नगर प्रमुख साहले सबै शाखा र वडा कार्यालयमा ताला लगाएर त्यसको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

  • १८ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech