१९ फाल्गुन २०८१, सोमबार

प्लानिङ ब्वाइज युनाइटेड विजयी
  • न्युज मानसराेवर

बाँके\ मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगितामा आज राईनो फुटबल क्लब,गण्डकीलाई हराउँदै प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ विजयी भएको छ ।प्रतियोगिताको तेस्रो दिन सोमबार कोहलपुर–२ स्थित  तेह्र विगाह खेल मैदानमा भएको खेलमा राईनो फुटबल क्लबलाई २–० गोल अन्तर पराजित गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबले सहज जित हासिल गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेपनि सफल हुन सकेनन् । दोस्रो हाफको ४७औँ मिनेटमा गोल गर्दै प्लानिङ व्वाईज युनाइटेड क्लबका जर्सी नम्बर २८ का विदेशी खेलाडी एलेक्सले टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा प्लानिङ व्वाईज विपक्षी राईनो फुटबल क्लबमाथि हाबि भएको थियो ।

खेलको अतिरिक्त समयमा मैदान प्रवेश गरेका प्लानिङ व्वाईजका जर्सी नम्बर १४ का नम्बर सरोज कार्कीले गोल गरेर सहज जित दिलाए ।
खेलमा प्लानिङ व्वाईज युनाइटेड क्लबका एलेक्स म्यान अफ र म्याच घोषित भए ।

उनलाई कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी र कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष डम्बर बहादुर खड्का र कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणी धितालले नगद पाँच हजारसहित म्यान अफ म्याच संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल मंगलबार दिउँसो ३ः३० बजे अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुटबल क्लब,सुर्खेतबीच हुने खेल संयोजक कर्ण बस्नेतले बताए ।

 

 

  • १९ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech