१७ चैत्र २०८१, सोमबार

बाँकेमा २०४९ यताका उम्मेदवार भेला गर्दै एमाले
  • न्युज मानसराेवर

बाँके,। नेकपा एमाले बाँकेले २०४९ सालयता पार्टीबाट उम्मेदवार बनेकाहरुको भेला गर्दैछ।स्थानीय विकास विभाग उक्त कार्यक्रमकाे तयारीका लागि तिब्रताका साथ लागेकाे विभाग प्रमुख मिन मल्लले जानकारी दिए ।

उनका अनुसार, यही फागुन २४ गते उक्त कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा पार्टी महासचिव महासचिव शंकर पोखरेल र केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्म अर्याल सहितका नेताहरुको सहभागीता हुनेछ ।

२०४९,२०५४,२०७४ र २०७९ सालमा नेकपा एमालेबाट निर्वाचनमा सहभागी भई निर्वाचित वा पराजित सम्पूर्णलाई सम्मान तथा एक दिने अभिमुखीकरण कार्यक्रम हुने मल्ले बताए ।

  • २० फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech