१९ चैत्र २०८१, बुधबार

अफ्रिकन घाना फुटबल क्लबलाई हराउँदै काँक्रे विहार विजयी
  • न्युज मानसराेवर

कोहलपुर\मंगलबार एक खेल सकिएपछि मुख्यमन्त्री कोहलपुर गोल्डकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

सेमीफाइलको खेल भने बुधबारदेखि सुरु हुनेछ । क्वाटरफाइनलका अन्तिम खेल भने मगंलबार अफ्रिकन घाना फुटबल क्लब र काँक्रेविहार फुलबल क्लबले खेलेका थिए । अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार फुटबल क्लब,सुर्खेत सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि पेनाल्टीमार्फत नतिजा निकालिएको थियो ।

रोमाञ्चक पेनाल्टीमा अफ्रिकन घाना फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै काँक्रेविहार फुटबल क्लब,सुर्खेत सेमिफाइनल प्रवेश गरेको हो ।यसअघि प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ,कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

समूह ‘क’ बाट आयोजक कोहलपुर रेसिङ साहारा फुटबल क्लब,बाँके र प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँ, समूह ‘ख’ बाट राइजिङ स्टार फुटबल क्लब नवलपरासी सेमिफाइनल र काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

समूह ‘क’ बाट लुम्बिनी फुटबल क्लब घोराही,दाङ र राईनो फुटबल क्लब,गण्डकी, समूह ‘ख’ बाट भारतको साहारा फुटबल क्लब,लखनउ र अफ्रिकन घाना फुटबल क्लबबाट बारिएका छन् । यसअघि पहिलो क्वाटरफाइनल खेलमा कोहलपुर रेसिङ साहारा फुटबल क्लबले २–० गोल अन्तरले लुम्बिनी फुटबल क्लब घोराही,दाङ पराजित भएको थियो ।

दोस्रो क्वाटरफाइन खेलमा आइतबार राइजिङ स्टार फुटबल क्लब नवलपरासीले पेनाल्टी सुटआउटमा ४–३ अन्तरले भारतको साहारा फुटबल क्लब,लखनउलाई पराजित गरेको थियो । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौँले २–० गोल अन्तरले राईनो फुटबल क्लब,गण्डकीलाई पराजित गरेको थियो ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ देखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा घाना र भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।

  • २० फाल्गुन २०८१, मंगलवार प्रकाशित

  • Nabintech