काठमाडौँ\नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान बिजुक्छेँ (रोहित) सर्वसम्मत चयन भएका छन्।
उनी आठौँ पटक अध्यक्षमा निर्वाचित भएका छन्। बिजुक्छेँको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपा स्थापना भएदेखि बिजुक्छेँ अध्यक्ष छन् ।नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो।
पार्टी सचिवमा प्रेम सुवाल निर्वाचित भएका छन्। कोषाध्यक्षमा मोहनप्रसाद प्रजापति निर्वाचित भएका हुन्। अधिवेशनले २९ सदस्य नयाँ कमिटी बनाएको छ। साथै ४ सदस्य वैकल्पिक सदस्यसमेत गठन भएको छ।