बाँके\बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सयजनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रव्रज्या कार्यक्रम सुरु गरिएको छ। मायादेवी मन्दिर परिसरमा पाँच सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रव्रज्यामा सहभागी गराइएको हो।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा मंगलबार कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको छ।