कोहलपुर\बाँके क्षेत्र नं.१(२) कालुम्बिनी प्रदेश सांसद दुर्गाप्रसाद चौधरीले कोहलपुर ३ मैटहवा निमार्ण कार्य स्थलको शुभारम्भ गरेका छन।
लुम्बिनी प्रदेश सरकारले कूल ४९लाख ९९ सय हजार ८२८.२६ पैसा बजेटमा निमार्ण हुन लागेको नाली सहित ढलान कार्यको पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका चौधरीले शुभारम्भ गरेका हुन । चौधरीले निमार्ण स्थलमा धुवबक्ति बाली निमार्ण कार्यको शुभारम्भ गरेका हुन।
लुम्बिनी प्रदेश सरकार सहरी विकास तथा खानेपानी मन्त्रालय शहरी विकास तथा भवन कार्यालय नेपालगञ्ज बाँकेको मार्फत उक्त निमार्ण कार्य शुरु गरिएको हो । उक्त निमार्ण कार्य २०८१।३।२० मा सम्पन्न गर्नु पर्ने छ ।
उक्त निमार्ण कार्यको जिम्मा भक्त निमार्ण सेवाले लिएको छ । निमार्ण सेवाले कूल ३१ लाख ४२ हजार ३सय ३४ मा कबुल गरेको छ ।
त्यसै गरी पूर्व मन्त्री चौधरीले कोहलपुर वडा नं.२ शक्तिनगर कार्य प्रगतिबारे अवलोकन समेत गरेका छन।