२८ असार २०८२, शनिबार

सुरु भयो लुम्बिनीमा चौथौ अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह
  • न्युज मानसराेवर

बाँके\बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको बुधबार उद्घाटन गरिएको छ । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका विच त्रिपिटक (पाठ)को उद्घाटन गरेका हुन् ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन सुरू गरिएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए । उनले बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए ।

बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ । उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए ।कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताए ।

  • २१ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech