२२ फाल्गुन २०८१, बिहीबार

५ औं अन्तर समता गायन तथा नृत्य प्रतियोगिता भव्य रूपमा सम्पन्न
  • कोशी प्रदेश संवाददाता

इटहरी / समता स्कूल पूर्वी कन्सोर्टियमको आयोजनामा ५ औं अन्तर समता गायन तथा नृत्य प्रतियोगिता आज समता स्कूल इटहरीमा भव्य रूपमा सम्पन्न भएको छ। यो प्रतियोगितासँगै समता स्कूल इटहरीले १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस पनि भव्य रूपमा मनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि समता स्कूलका संस्थापक उत्तम कुमार संजेल रहनुभएको थियो। नेपालका पूर्वी जिल्लामा सञ्चालनमा रहेका माध्यमिक तहका समता स्कूलहरूका ४८ विद्यार्थीहरूले गायन तथा नृत्यका पाँच विधामा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताका विजेता

  • एकल गायन: मनिता राई (प्रथम)
  • युगल गायन: साजन राई र सिवानी लम्साल (प्रथम)
  • र्‍याप गायन: अभिषेक खतिवडा (प्रथम)
  • एकल नृत्य: प्रिन्सा कुँवर (प्रथम)
  • सामूहिक नृत्य: समता स्कूल इटहरी (प्रथम)

समता इलामका प्रतियोगीहरूले द्वितीय, समता दमकले तृतीय, र समता लहानले सान्त्वना पुरस्कार प्राप्त गरे।

डिजिटल राउण्डमा इटहरीकी ओजस्वी ढकालले People’s Choice Award जित्न सफल भइन्।

प्रतियोगिताको निर्णायकमा चर्चित कलाकारहरू अजय अधिकारी, र्‍यापर एन एस के, र्‍यापर ग्रुभी, र नृत्य निर्देशक आर के रहेका थिए। उनीहरूले विशेष प्रस्तुति दिँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे।

Honour of Legacy अवार्ड र विशेष सम्मानहरू

समता स्कूल इटहरीले नर्सरीदेखि कक्षा १० सम्म निरन्तर अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई “Honour of Legacy” अवार्ड प्रदान गर्‍यो। साथै, विद्यालयको वार्षिक खेल उत्सवमा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीहरूलाई मेडल तथा विभिन्न विधामा अब्बल ठहरिएका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

  • Student of the Year: कृतिमा पौडेल
  • Samata Spirit Award: जुनसन राई
  • Samata Loyalty Award: सिवानी लम्साल
  • Eminent Achiever Award: प्रतिमा बिष्ट
  • Punctuality Award: समृद्धि घिमिरे
  • Disciplinary Award: प्रेक्षा दुलाल
  • Cleanliness Award: प्रियंका बस्नेत
  • Sportsmanship Award: अभिषेक खतिवडा
  • Parent of the Year: रोशनी पाण्डे रिजाल

विशेष आकर्षण: Lucky Draw र पुरस्कार वितरण

कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, समता पूर्वी कन्सोर्टियमका पदाधिकारी, वडा नं ४ का वडा सदस्य, तथा ११०० भन्दा बढी अभिभावक र विद्यार्थीहरूको उपस्थिति थियो।

Lucky Draw अन्तर्गत सहभागी अभिभावक तथा विद्यार्थीहरूलाई विविध खेलकुद सामग्री, इलेक्ट्रोनिक उपकरण, र घरायसी समानहरू उपहारस्वरूप प्रदान गरिएको थियो।

समता स्कूल पूर्वी कन्सोर्टियमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न आयोजना गर्दै आएको यो प्रतियोगिता भविष्यमा अझ व्यापक रूपमा गरिने प्रतिबद्धता आयोजकहरूले व्यक्त गरेका छन्। समता स्कुल पूर्वी कन्सोर्टियमले विद्यार्थीहरुको चौतर्फी बिकासका निमित्त यस्ता कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएकोछ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech