२२ फाल्गुन २०८१, बिहीबार

रेसिङ साहारा र राइजिङ स्टार फाइनल प्रवेश
  • न्युज मानसराेवर

बाँके / मुख्यमन्त्री कोहलपुर गोल्डकपको सेमिफाइनल संस्करण पूरा भएको छ ।

बिहीबार काँक्रेविहार फुटबल क्लब,सुुर्खेत र राइजिङ स्टार फुटबल क्लब,नवलपरासीबीच सम्पन्न खेल सकिएसँगै सेमिफाइन संस्करण पूरा भएको हो ।

बिहीबार काँक्रेविहार फुटबल क्लब,सुुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउँदै राइजिङ स्टार फुटबल क्लब,नवलपरासी फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनको खेलको पहिलो हाफको १९औँ मिनेटमा राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ७८औँ मिनेटमा काँक्रेविहार फुटबल क्लब,सुुर्खेतका धनसिंह विकले बराबरी गोल फर्काए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा काँक्रेविहारलाई ५–४ ले पराजित गर्दै राइजिङ स्टार फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।

यसअघि आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरिसकेको छ ।खेलको म्यान द म्याच राइजिङ स्टार फुटबल क्लब,नवलपरासीका फाकुन्ले अवयोमी बोलसियुन घोषित भए । उनले नगद् पाँच हजार रुपैयाँ प्राप्त गरे ।

शेषलाई राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्प पौडेल, नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराई, नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति पोषण केसी र कोहलपुर उद्योण वाणिज्य संघका अध्यक्ष प्रदीप भट्टराईले संयुक्त रुपमा प्रदान गरेका थिए ।

प्रतियोगिताको फाइनल फागुन २४ हुनेछ । कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech