२२ फाल्गुन २०८१, बिहीबार

विमानस्थलमा यात्रु आवागमनमा वृद्धि
  • न्युज मानसराेवर

रुपन्देही\भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फेब्रुअरीमा छ हजार ७७९ यात्रुको आवागमन भएको छ ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि फेब्रुअरीमा अहिलेसम्मकै सबैभन्दा धेरै यात्रु आएको विमानस्थलका महाप्रबन्धक प्रतावबाबु तिवारीले जानकारी गराए ।फेब्रुअरीमा ११५ उडान अवतरणमार्फत छ हजार ७७९ यात्रुको आवागमन भएको हो । फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको उनले बताए ।

त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ जना विदेशी यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको
छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाईयात्रा गरेको विमानस्थलले जनाएको छ ।जनवरी २०२५ मा एक हजार ३६५, डिसेम्बर २०२४ मा तीन हजार ८७८ र नोभेम्बर २०२४ मा चार हजार २७९ यात्रुको आवागमन भएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रुको चाप बढ्दै गएपछि विमानस्थल कार्यालयसहित पर्यटन व्यवसायीले आशाको सञ्चार जागेको बताएका छन् । पर्यटन व्यवसायी चन्द्रबहादुर थापाले विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानसँगै यात्रुको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए ।विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्नका लागि सरकारले पूर्वाधार विकास र आवश्यक कार्यालय स्थापनामा जोड दिनुपर्ने उनले  उल्लेख गरेका छन।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech