२२ फाल्गुन २०८१, बिहीबार

नेपालका ‘५० प्रभावशाली महिलाको सुचिमा कोहलपुरकी रेखा
  • न्युज मानसराेवर

बाँके\  नेपालका ‘५० प्रभावशाली महिलाको सुचिमा कोहलपुरकी रेखा सुनार समेत समावेश भएकी छन। रेखा सुनार कोहलपुर नगरपालिका वडावडा नं ३ कि वडा सदस्य समेत हुन।

यस अघिको स्थानीय निर्वाचनमा समेत रेखा निर्वाचित वडा सदस्य थिइन।यो उनको दोस्रो कार्यकालका रुपमा वडा सदस्य चलिरहेको छ । उनी नेकपा एमालेका तर्फ बाट वडा सदस्य निर्वाचिह हुन।  अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को पूर्वसन्ध्यामा अनलाइनखबर डटकमले नेपालका ‘५० प्रभावशाली महिला’ को सूची सार्वजनिक गरेको छ ।यो सूचीमा राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० महिलाहरू छन् ।

समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्नु ‘५० प्रभावशाली महिला’ छनौटको उद्देश्य रहेको थियो ।प्रत्येक वर्ष यसरी अनलाई खबरले प्रभावशालि व्यक्तित्वहरुको सूचि सार्वजनिक गर्ने गरेको छ।रेखा सुनारलाई पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मान समेत गरेकी छन।

  • २२ फाल्गुन २०८१, बिहीबार प्रकाशित

  • Nabintech