कोहलपुर \नेकपा एमालेका युवा नेता खिल प्रसाद भूसालले आफ्नो जन्म दिनको अवसरमा बालबालिकाहरुलाई आर्थिक सहयोग गरेका छन। कोहलपुर त्रिभुवन नमुना माध्यामिक विद्यालयमा अध्ययनरत्त फरक क्षमता भएका ५जना बालबालिकालाई भूसालले आर्थिक सहयोग गरेका हुन।
भूसालले कक्षा १२ मा अध्ययनरक्त प्रकृति चन्दलाई २० हजार , प्राविधिक अध्ययनरक्त गिता थापा १५ हजार ,कक्षा १२ मा अध्ययरक्त युराज थारूलाई ५ हजार, कक्षा २ मा अध्ययनरक्त नरेन्द्र जैसी ५ हजार, कक्षा ५ मा अध्ययनरक्त लक्ष्मी चौधरीलाई ५ हजार , कक्षा ४ मा अध्ययनरक्त नविन रावत ५ हजार आर्थिक सहयोग गरेका हुन। भूसालले उनीहरुलाई खानाको व्यवस्था समेत गरेका थिए ।
भूसालले सबै मानिसमाआध्यात्मिक चिन्तनको विकास हुन आवश्यक रहेको बताए।उनले आफ्नो जन्म दिनमा यसरी सहयोग गर्न पाउँदा आफ्नो जन्मको मुलभूत उदेश्य नै समाज रुपान्तरणमा क्रियाशिल रहन प्रेरणा समेत मिलेको औल्याए।
लायन्स क्लबको सहकार्यमा आर्थिक सहयोग गरिएको थियो ।