१७ चैत्र २०८१, सोमबार

प्रतियोगिताको उपाधि नवलपरासीलाई
  • न्युज मानसराेवर

बाँके\बाँकेको कोहलपुरमा सञ्चालित तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीले जितेको छ । आज भएको फाइनल खेलमा नवलपरासीले कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । कोहलपुर–२स्थित तेह्र विगाह खेल मैदानमा सम्पन्न फाइनल खेलमा पहिलो हाफ बिना गोल सकिएको थियो ।

दोस्रो हाफमा खेलको ४५ औ मिनेटमा राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवटले गोल गरेर टोलीलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेकोे दुई मिनेटमै खेलको ४७ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

केवटकै उत्कृष्ट खेल प्रदर्शनमा नवलपरासी उपाधि जित्न सफल भयो । विजेता राईजिङ स्टार फुटबल क्लबनवलपरासीका कप्तान विनोद केवट नै खेलको म्यान अफ द म्याच घोषित भए । कोहलपुर गोल्डकपमा पहिलोपटक फाइनल प्रवेश गरेको कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर भने घरेलु मैदानमा स्तब्ध बन्यो ।तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नवलपरासीले ट्रफीसहित नगद् आठ लाख रूपैयाँ प्राप्त गरेको छ ।

विजेता नवलपरासीलाई कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले पुरस्कार प्रदान गरेका थिए । उपविजेता बनेको कोहलपुर रेसिङ साहारा क्लबले भने चार लाख रूपैयाँ प्राप्त गरेको छ ।प्लेअर अफ द टुर्नामेन्ट ९सर्वोउत्कृष्ट खेलाडी ० को अवार्ड कोहलपुर रेसिङ साहारा क्लबमा विनोद केसीले जिते । उनले ट्रफिसहित ५१ हजार प्राप्त गरे ।

राईजिङ स्टार फुटबल क्लब नवलपरासीका चेतन थारू वेष्ट डिफेन्डर हुँदै ट्रफीसहित दश हजार रूपैयाँ प्राप्त गरे । यसैगरी, राईजिङ स्टार फुटबल क्लब नवलपरासीकाका प्रतिक सुनारले नगद् हजारसहित उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए । राईजिङ स्टार फुटबल क्लब नवलपरासीकै सन्दिप केसीले उत्कृष्ट प्रशिक्षक उपाधि जिते हुन् ।

राईजिङ स्टार फुटबल क्लब नवलपरासी विनोद केवट र काँक्रेविहार फुटबल क्लबका धनसिंह विक सर्वाधिक गोलकर्ता हुँदै नगद् पाँच–पाँच हजार प्राप्त गरे । उनीहरुले प्रतियोगिता अवधिभर सबैभन्दा धेरै २–२ गोल गरेका थिए । कोहलपुर रेसिङ साहारा क्लबको आयोजनामा फागुन १७ गतेदेखि सुरू भएको प्रतियोगितामा घाना र भारतकासहित आठ टिमको सहभागीता रहेको थियो ।

  • २४ फाल्गुन २०८१, शनिबार प्रकाशित

  • Nabintech