२६ फाल्गुन २०८१, सोमबार

तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\हाल कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

  • २६ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech