२६ फाल्गुन २०८१, सोमबार

बाँकेका रावत र सिग्देल सम्मानित
  • न्युज मानसराेवर

बाँके / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनमा बाँकेका दुईजना शैक्षिक अभियान्ता सम्मानित भएका छन ।

बाँके जिल्ला स्थित काेहलपुरमा लामाे समयदेखि  शिक्षा क्षेत्रमा आवद्व यमबहादुर रावत , दिनेश सिग्देललाई प्याब्सनकाे १६ ओैँ राष्ट्रिय महाधिवेशनमा  सम्मान गरिएकाे  हाे ।

यम बहादुर रावत बाँके जिल्ला प्याब्सन प्रमुख सल्लाहकार हुन भने दिनेश सिग्देल जिल्लाका सल्लाहकार हुन ।

 रावत र सिग्देल सम्मानित हुनु बाँके प्याब्सन तथा बाँके जिल्लाकाे गाैरवका रूपमा हेरिएकाे प्याब्सन काेहलपुर नगर अध्यक्ष रमेश केसीले बताएका छन ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनमा देशभरीकै उत्कृष्ट शाखाका रूपमा कार्य सम्पादक गरेबापत रावतलाई सम्मान गरिएकाे थियाे। भने सिग्देल लाई शैक्षिक समाजसेवीका रूपमा सम्मान गरिएकाे थियाे ।

  • २६ फाल्गुन २०८१, सोमबार प्रकाशित

  • Nabintech