बाँके/ नेकपा एमालेकाे शिक्षा तथा मानव श्राेत विभागले आज एक कार्यक्रमकाे आयाेजना गरि अन्तरक्रिया सम्पन्न गरेकाे छ ।
विभागले २०८१ काे एसईई परिक्षालाई निश्पक्ष र भयरहित बनाउन जिल्लाका सराेकारवाला विच अन्तरक्रिया गरेकाे थियाे ।
अन्तरक्रियामा बाेल्दै प्रमुख अथिति संघिय सांसद तथा संघिय शिक्षा समिति सदस्य दिपा शर्माले वालवालिकाहरूलाई भयरहित वातावरणमा परिक्षा दिने गरि व्यवस्थापन गरिनु पर्ने बताईन ।
शर्माले एसईई परिक्षामा सामेल हुने विद्यार्थी तथा अभिभावक लाई सम्बन्धित विद्यालय प्रशासनले मनाेपरामर्श सेवा दिन पहल गरिनु पर्ने समेत उल्लेख गरिन ।
त्यसैगरी सायक जिल्ला प्रमुख अधिकारी खडानन्द खत्रीले परिक्षा लाई व्यवस्थापन गर्न जिल्लाका सबै सराेकारवाला निकाय अभिभावकहरूकाे महत्त्वपूर्ण भूमिका हुने बताए ।
कार्यक्रममा बाेल्दै शिक्षा तथा समन्वय ईकाई प्रमुख धनसुदन चाैलागाईले एसईई परिक्षाका निम्ति परीक्षा केन्द सार्वजनिक गर्न अन्तिम तयारी रहेकाे उल्लेख गरे ।
उनले सम्बन्धित स्थानीय तहका शिक्षा समिति तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग आवश्यक समन्वय गरिएकाे जानकारी गराए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारीले शिक्षा क्षेत्रमा देखिएका समस्याहरूकाे उचित पैहिचान गरि त्यसका सम्भावित निराकरण स्थानीय तहले गर्न सक्ने बताईन ।
अधिकारीले स्थानीय पाठ्यक्रममा समेत सुधार गर्न आवश्यक रहेकाे बताउदै सम्बन्धित स्थानीय तहका उत्पादन बजारीकरण स्थानीय भुगाेल पर्यटन क्षेत्रका बारेमा हुनु पर्ने तर्क राखिन ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय प्रमुख तुलराज कार्कीले सम्बन्धित स्थानीय तह तथा सराेकारवालाहरूले आफ्नाे जिम्मेवारी ईमानदारीपूर्व गर्ने हाे भने परिक्षामा प्रहरी आवश्यक नपर्ने तर्क गरे ।कार्कीले कहि कतै बाट चिट चाेर्न नदिन प्रहरी नै प्रयाेग गरिएकाे पाईन्छ ।
त्यसलाई निरूत्साहित गर्न अभिभावक शिक्षामा जाेड दिन आवश्यक रहेकाे समेत बताए ।कार्यक्रममा स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा प्रतिनिधि राजनिती दलका प्रतिनिधि गैर आवसिय संस्था प्याब्सन तथा एनप्याब्सनका प्रतिनिध लगाएतलेआफ्नाे धाराणा राखेका थिए ।
शिक्षा तथा मानव श्राेत विभागका प्रमुख सुर्य राेकायाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएकाे थियाे ।कार्यक्रममा १२ बुदे प्रतिवद्वता समेत जारी गरिएको थियाे ।