बाँके\कोहलपुर नगरपालिका वडा नं.१४ हवल्दारपुरमा रहेका अति विपन्न चिडिमार तथा खटिक परिवारले अव पक्की घर पाउने भएका छन् । कोहलपुर नगरपालिकाको विशेष पहलमा छिमेक सेवा समाज संस्थाले अति विपन्न चिडिमार तथा खटिक समुदायलाई घर बनाइदिने भएपछि वर्षौदेखि छाप्रोमा सकसपूर्ण जीवन विताइरहेका उनीहरु पक्की घरमा वस्न पाउने भएका हुन् ।
नमूना वस्ती निर्माण कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८ वटा घर निर्माण प्रारम्भ भएको छ । बुधवार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मोलहे खटिकको घरको शिलान्यास गर्दै नमूना वस्ती निर्माण कार्यक्रमको सुभारम्भ गरेका छन् ।
पहिलो चरणमा ८ वटा घरहरु निर्माण प्रारम्भ भएको छ ।’ हवल्दारपुरमा करिव २५/३० घरपरिवार चिडिमार र खटिक समुदायको बसोबास रहेको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष नम बहादुर आलेले बताए । सामाजिक अभियान्ता एलबी कार्कीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी घर निर्माणको काम सुरु गरिएको बताए । संस्थाले दुई कोठे पक्की घर बनाइदिनेछ ।
पहिलो चरणमा मोलहे खटिक, जोखन खटिक, मनोहर चिडिमार, राधे चिडिमार, ओम प्रकाश चिडिमार, माताप्रसाद कुर्मीलगायतको घर निर्माण गरिनेछ ।