काेहलपुर / पश्चिम नेपालमै पहिलाे थारू समुदायकाे भित्ते पात्रो (क्यालेन्ड) काेहलपुरमा विमाेचन गरिएकाे छ ।आज थारू जागरण मंच काेहलपुरकाे आयाेजनामा उक्त थारू भित्ते पात्रो प्रकाशन गरिएकाे हाे। “हामनके अभियान परिवर्तन थारू समाजके निर्माण “भन्ने नाराका साथ प्रथम एतीहासीक थारू भिता पत्र (क्यालेन्ड) विमाेचन गरिएको हाे।भित्ते पात्रोकाे विमाेचन लुम्बिनी प्रदेशका पूर्व बन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चाैधरी , लुम्बिनी प्रदेश सांसद सन्जु कुमारी चाैधरीले संयुक्त रूपमा विमाेचन गरे ।
कार्यक्रममा प्रमुख अथिति लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरीले एजेन्डा अनुरूप थारू समुदाय एक हुन आवश्यक रहेको बताएका छन ।चौधरीले भौगोलिक रूपमा समेत लुम्बिनी प्रदेशमा थारू समुदायको हितमा रहेको औल्याउदै दाङ बर्दिया बाँके , कपिलवस्तु चितवन लगाए जिल्लाहरूमा थारू समुदायको बसोबास बाग्लो रहेको बताए ।
उनले थारु समुदाय कुनै पनि पार्टीमा रहेतापनि मुख्य रूपमा थारू एजेन्डाहरूको पैरवी र बहस मार्फत अन्य समुदायसँग मिलेरे अगाडि बढिरहेको बताउदैँ कर्णाली प्रदेशमा बाँके र बर्दिया जिल्ला मिलाउ नहुने यदी त्यस्तो गरिएमा थारु समुदायले त्यसको प्रतिकार गर्न आवश्यक रहेको बताए ।चोधरीले थारू समुदायले समेत अन्य समुदायका राम्रो कुराहरू शिक्षा ग्रहण गर्दै अगाडि बढ्न आवश्यक रहेको समेत बताए ।
उनले थारू समुदाय भूमिपुत्र भएकै कारण राजनितीक रूपमा समेत नेतृत्वमा पुग्न नसको औल्याए । उनले अन्य समुदायसँगको दुरी र नेतृत्वको अभावमा थारु समुदाय सधै पछि पर्ने गरेको उल्लेख गरे।उनले अब नविन युगको शुरुवात गर्न आवश्यक रहेको औल्याउदै शिक्षा उच्च ग्रहण गर्दै हरेका क्षेत्रमा आफ्नो अधिकार सुनिश्चित गर्न आवश्यक रहेको समेत बताए ।
त्यसै गरी लुम्बिनी प्रदेश सांसद सन्जुकुमारी चाैधरीले थारू परम्परा संस्कृति जाेगाउन आवश्यक रहेकाे बताईन ।उनले केन्द्रीय स्तरमा बाँके बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा लैजाने बहस भईरहेकाे प्रती दुख ब्यक्त गरिन ।उनले थारू समुदाय भुमिपुत्र रहेकाे ओैल्याउदै कर्णाली प्रदेशमा लैजाने नेतृत्व गरिरहेका संघिय सांसद सुर्य ढकालले थारू समुदाय माथी अपमान गरेकाे बताईन ।
चाैधरीले थारू समुदायकाे भाषा बचाउन थारू समुदायका अगुवाहरू नै लाग्नु पर्ने औल्याइन। उनले काेहलपुरकाे सनमान्य चुनावमा समेत पूर्व र पश्चिमकाे नारा लाग्ने गरेकाे ओैल्याउदै तर कहिले थारू समुदायकाे बारेमा बहस समेत नहुने गरेकाे बताईन । पछिल्लो समय थारू समुदायका युवाहरूमा लागू ओैषध सेवनमा लागेकाे बताउदै दुख व्यक्त गरिन। उनले हाम्रो युवा युवतीहरूले अध्ययन गर्न आवश्यक रहेकाे समेत बताईन। उनले पछिल्लो समय केही जागिर खानु पर्याे भने पनि लाेकसेवा दिनु पर्ने हुँदा शिक्षित थारू समुदाय बन्न आवश्यक रहेकाे बताईन ।
कार्यक्रममा काेहलपुर नगरपालिका वडा नंं ६ का वडा अध्यक्ष श्रीकृष्ण थारू आफ्नाे परम्परा जाेगाउन थारू भिता पत्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले वडामा थारू समुदाय जनसंख्या धेरै नभएकाे उल्लेख गर्दै वडा नं६ मा समेत थारू समुदायको संख्या भन्दा पहाडी समुदायको जनसंख्यामा बृद्वि हुँदै गईरहेकाे ओैल्याए ।
उनले थारू समुदायका नयाँ पुस्तामा थारू परम्परागत पेशा संस्कृतिलाई जाेगाउन गाराे हुने देखिएकाे समेत बताए । उक्त भित्ते पात्रोमा थारु समुदायका पर्व र थारु समुदायले बोल्ने भाषा लगाएत विषयहरु समेटिएका छन। कार्यक्रम थारू जागरण मंच काेहलपुरका अध्यक्ष संजय थारूकाे अध्यक्षतामा भिता पत्र उद्घाटन गरिएकाे थियाे । कार्यक्रममा होली मिलन कार्यक्रम समेत आयोजना गरिएको थियो थारू समुदाय अगुवा तथा युवाकाे सहभागीता रहेकाे थियाे ।