कोहलपुर\सचेत युवा कोहलपुरले सरकारले ल्याउन लागेको सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी कानुन बनाउने निर्णय विरुद्ध कोहलपुरमा सांकेतिक विरोध स्वरुप प्रति ब्यक्ति एक रूपैया सहयोग रकम संकलन गरिएको छ ।
नेपाल सरकारका पुर्व विशिष्ट पदाधिकारी पूर्व राष्ट्रिपति ,पूर्व प्रधानमन्त्रीहरु,पूर्व सभामुख , पूर्व प्रधानन्यायाधीश ,लगायतलाई दिन लागेको आजीवन सेवा सुविधा दिनु हुन्न भन्ने उदेश्यले सचेत युवा कोहलपुरले प्रती व्यक्ति एक रूपैया संकलन गरिएको सचेत युवा कोहलपुर शंकर न्यौपानेले बताए ।
विरोध स्वरूप आज १ घण्टा उक्त रकम संकलन अभियान सञ्चालन गरिएको सचेत युवा कोहलपुरका बामदेव पोख्रेलले बताए ।
उक्त अभियानमा एक सय भन्दा बढीले एक रुपैया दान गरेका थिए ।संकलित रकम ईलाका प्रशासन कार्यालय कोहलपुर मार्फत नेपाल सरकारलाई बुझाईने बताईएको छ ।