बाँके\बजार अनुगमनसंगै जरिवाना पर्ने ब्यवसायीक फर्मकाे संख्या पनि बढ्दाे छ ।वाणिज्य कार्यालय नेपालगन्जका अनुसार पछिल्लो तीन बर्षयता सोर्ह सय हाराहारीमा व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरिएको थियाे । त्यसमध्ये अढाई सय फर्मलाई जरिवाना गरिएको थियाे ।
वाणिज्य कार्यालय नेपालगन्जका निमित्त प्रमुख हरि बहादुर खत्रीले बजार अनुगमनको कामलाई प्रभावकारी बनाइरहेको जानकारी गराए ।
विश्व उपभोक्ता अधिकार संरक्षण दिवसका अवसरमा कार्यालयले आयोजना गरेको अन्तरक्रियामा प्रमुख खत्रीले उपभोक्ता अहित गर्नेलाई खोजीखोजी कारवाही गर्ने उल्लेख समेत गरे ।