बाँके\बाँकेका चार क्याम्पसमध्ये तीन वटामा मात्रै मतदान सुरू भएको छ । टीयूको आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा दुई ठूला संगठन नेविसंघ र अनेरास्ववियु एकल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी माओवादी घटकमा रहेका सबै संगठनको गठबन्धनमा मैदानमा छ ।
राप्तीसोनारीको जनसिद्देश्वरमा भने विवाद रहेकाले निर्वाचन हुन सकेको छैन । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जमा बिहानैदेखि मतदान सुरू भएको विद्यार्थी संगठनले जनाएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जलमा चार हजार ६ सय ६० जना मतदाता रहेकोमा नेविसंघ र अनेरास्ववियू एक्लाएक्लै चुनावमा होमिएका छन् भने माओवादी निकट अखिल क्रान्तिकारीले विप्लव, एकीकृत समाजवादी निकट अनेरास्ववियू र धर्मेन्द्र वास्तोला निकट अखिल क्रान्तिकारीसँग गठबन्धन बनाएको छ । त्यसैगरी नागरिक विद्यार्थी, नयाँशक्ती र अर्को एक संगठनले छुट्टै थठबन्धन गरे चुनावमा उत्रिएको छ ।