कोहलपुर\कोहलपुर नगरपालिका स्तरीय आधारभूत तह –कक्षा आठ ( ८) विएलई को परिक्षा आज बाट शुरु गरिएको छ । नगरपालिका स्तरीय आधारभूततह –कक्षा आठ (८) को परिक्षामा कूल ३ हजार ८४ जना विद्यार्थी सहभागिता रहेको कोहलपुर नगर शिक्षाले जनाएको छ ।
उक्त परिक्षा संचालन गर्न कोहलपुर नगरपालिले १० वटा केन्द्र तोकेको छ । परिक्षा केन्द्रहरुमा ज्ञान ज्योति मा वि वगिया , शिखा एकेडेमी , जीवन ज्योति , शिविशक्ति आधारभूत ,जनज्योति पब्लीक स्कुल ,तक्षशिला एकेडेमी , गोर्खा, दिपज्योति चप्परगौडि. एपीएफ लगाएत शैक्षिक संस्थारहेका छन।