बाँके\बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा अनेरास्ववियुका सर्बिन महतो विजयी भएका छन ।अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार महतोले ११२ मत प्राप्त गरेर विजयी भएको निर्वाचन समितिले जनाएको छ।यसैगरी सचिवमा सविनकुमार खत्री, कोषाध्यक्षमा ममता कार्की र सदस्यमा कसिस लामा, निरुता रावत, आस्थाकुमारी थारु विजयी भए ।
अनेरास्ववियु क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलका तर्फबाट अध्यक्षका उम्मेदवार मो आसिफ साइले ६४ मत प्राप्त गर्नुभयो। निर्वाचन समितिका अनुसार २०१ मतदाता रहेकोमा १७७ मत खसेको थियो।