२३ असार २०८२, सोमबार

तीन प्रदेशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ ।
यस्तै, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

  • ५ चैत्र २०८१, बुधबार प्रकाशित

  • Nabintech