१७ चैत्र २०८१, सोमबार

लुम्बिनीमा ९४ हजार ९ सय ८ परीक्षार्थी एसइई दिँदै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को परिक्षामा  यस बर्ष लुम्बिनी प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी भएका छन। परीक्षा व्यवस्थित रूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सनाले जानकारी दिए ।उनका अनुसार  ८ हजार ६ सय कर्मचारी परिचालन गरिएको छ ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार यस वर्ष रुपन्देहीमा सबैभन्दा धेरै २२ हजार ६ सय २३ परीक्षार्थीले परीक्षा दिदैछन् ।

यस्तै दाङमा १४ हजार दुई सय ५४, कपिलवस्तुमा ९ हजार ४ सय ६१, बाँकेमा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४० बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् ।

यस्तै नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिन लागेको उहाँले बताउनुभयो । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिनेभएका छन् ।

परीक्षा निष्पक्ष र मर्यादित बनाउन ३ सय ४८ जना केन्द्राध्यक्ष , ६ सय ३४ सहायक केन्द्राध्यक्ष, ४ हजार ७ सय ५८ निरीक्षक, ९ सय ५८ सहायक र १ हजार ९ सय २ जना कार्यालय सहयोगी परिचालन गरिएको उहाँले बताउनुभयो । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

 

  • ६ चैत्र २०८१, बिहीबार प्रकाशित

  • Nabintech