१९ चैत्र २०८१, बुधबार

लुम्बिनीको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकामा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी क्षेत्रको प्रचारप्रसार गर्न लुम्बिनी सर्किटका नगरप्रमुखहरु अमेरिकाको टेक्सस पुगेका छन् । लुम्बिनी क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न गैरआवासीय नेपाली सङ्घ अमेरिका, पर्यटन विभागको समन्वय र सहजीकरणमा नगरप्रमुखहरुको टोली अमेरिका आएको हो ।

भ्रमण टोलीले टेक्सस, न्यूयोर्क, भर्जिनिया, मेरिल्याण्ड र वासिङटन डिसीमा अमेरिकी तथा नेपाली समुदायका विभिन्न निकायसँग अन्तरक्रिया, छलफल गर्ने कार्यक्रम रहेको छ । टेक्सस भ्रमणमा रहेको लुम्बिनी परिपथका नगरप्रमुखहरुको टोलीले टेक्ससका राज्यसभाका सांसदहरु, स्थानीय युलेश सिटीका नगरप्रमुख तथा पदाधिकारी, नेपाली समुदायका अगुवासँग छुट्टाछट्टै अन्तरक्रिया गरेको गैरआवासीय नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष तथा पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जानकारी  गराए ।

  • ७ चैत्र २०८१, शुक्रबार प्रकाशित

  • Nabintech