२९ जेष्ठ २०८२, बुधबार

दलितमाथि ज्यादती गरेको घटनामा २ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\सिरहामा दलितमाथि ज्यादती गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले उनीहरुमाथि अनुसन्धान भइरहेको बताए । महायज्ञ लगाउनका लागि सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको थियो ।

आयोजक बजरंगी बाबाले महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै दीपकको घर भत्काउन आदेश दिएका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष शिवजी यादवलगायतले घर भत्काएका थिए । सो घटना सार्वजनिक भएसँगै दोषीमाथि कारबाही गर्न चौतर्फी दबाब छ ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech