१७ चैत्र २०८१, सोमबार

प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीमा नयाँ नेतृत्व चयन
  • न्युज मानसराेवर

बाँके\ प्रकाशन तथा प्रसारण सङ्घ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिवार सम्पन्न प्रथम साधारण तथा अधिवेशनले कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा विष्णु भुसाल, महासचिवमा माधव नेपाल, कोषाध्यक्षमा गौतम भुसाल निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा ३ जना निर्वाचित भएका छन् । जसमा अनलाइन तर्फबाट दीपक घिमिरे, पत्रपत्रिका तर्फबाट विनोद पौडेल र रेडियो टिभी तर्फबाट आशिष् गुप्ता रहेका छन् ।

यता सदस्यहरूमा जगदीश भट्टराई, उषाकिरण पन्थ, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, राधा बस्नेत रिया र सिद्धार्थ पाण्डे निर्वाचित भएका छन् । सङ्घको सल्लाहकारमा ३ जना मनोनीत भएका छन् । सल्लाहकारमा डा बालकृष्ण चापागाईँ, शुक्र ऋषि चौलागाई र देवी वाग्ले मनोनीत भएका छन् ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech