१७ चैत्र २०८१, सोमबार

पेसागत महासंघ नेपाल बाँके अध्यक्षमा डागी
  • न्युज मानसराेवर

बाँके\पेसागत महासंघ नेपाल बाँकेको छैंटौ जिल्ला अधिवेशन दुर्गा डागीको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

नेकपा (एमाले) को जनसंगठनका रूपमा रहेको पेसागत महासंघ, नेपालको छैठौँ अधिवेशनको उद्घाटन पार्टी केन्द्रिय सदस्य तथा संघिय सांसद सुर्य ढकाल ,केन्द्रिय सदस्य  शान्ति ढकालले  गरका थिए । महासंघको दुईजना उपाध्यक्ष दुईजना उपाध्यक्ष धन बहादुर केसी ,खुमा थापा रहेका छन। त्यसैगरी सचिव रमेस पाठक, सह सचिव मेघराज चौधरी  कोषाध्यक्षमा अनु राना निर्वाचित भएका छन।

त्यसै गरी सदस्यहरूमा छाया खत्री , जयराम थारु , गोविन्द्र प्रसाद घिमिरे ,विर्खलाल गिरी ,विशेष लामेछाने लगाएत रहेका छन ।अधिवेशनमा नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ ,जिल्ला सचिव बलराम भट्टराई ,उप सचिव निर्मला सुनार उपसचिव किशोर थापा लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

  • ८ चैत्र २०८१, शनिबार प्रकाशित

  • Nabintech