२९ जेष्ठ २०८२, बुधबार

प्रेस चौतारीमा चुनाव हुने भएपछि ओली महाधिवेशन उद्घाटन गर्न नआउने
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आज आइतबार विराटनगरमा शुरू हुँदैछ ।

तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने चौतारीले जनाएको थियो ।

तर, चौतारीको भावी नेतृत्वका लागि देखिएको विवादका कारण ओली नआउने भएका छन् । अब महाधिवेशनको महासचिव शंकर पोखरेलले उद्घाटन गर्नेछन् । चौतारीको अध्यक्ष बन्न उपाध्यक्षहरू गणेश पाण्डे र राजेश राईले दाबेदारी पेश गरेका छन् । एमाले अध्यक्ष ओलीले यसअघि चौतारीका उपाध्यक्ष रहेका राजेश राईलाई अध्यक्ष बनाउनेगरि पाण्डेलाई पार्टीको प्रचार विभागको सचिव बनाएका थिए ।

पाण्डेले भने आफू अध्यक्षबाट पछि नहट्ने भन्दै प्रचार विभागको सचिवबाट राजीनामा दिइसकेका छन् । राई एमालेमा १० बुँदे पक्षधर हुन् । त्यही भएर उनलाई अध्यक्ष बन्न नदिन बढेको लबिइङपछि ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन निर्देशन दिएको चौतारीका नेताहरूले बताएका छन् ।दुई जनालाई अध्यक्ष बनाउन फरक–फरक समयमा अध्यक्ष ओलीले नै ‘वचन’ दिएका कारण चौतारीमा विवाद देखिन्छ । पार्टीका नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउँदै आएका छन् ।

तर, राईले भने लोकतान्त्रिक प्रतिस्पर्धा हुनुपर्ने अडान राखेका छन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि सहभागी हुने व्यवस्थापन समितिका संयोजकसमेत रहेका चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेलले जानकारी दिए ।

  • ९ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech